सावधान ! इस्टाग्राम युवाहरुको स्वास्थ्यका लागि खतरनाक

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १३:१०

एजेन्सी । बेलायतमा गरिएको एक सर्भेले समाजिक सञ्जाल इस्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि सबैभन्दा खराब भएको देखिएको छ ।

उक्त मतसर्वेक्षणमा १४ देखि २१ वर्ष उमेरका १ हजार ४७९ जना युवाहरुलाई शीर्ष पाँच सामाजिक सञ्जालमध्ये कुनले बढी नकारात्मक प्रभाव पारेको सोधिएको थियो । जसमा चिन्ता, निराशा, एकाकीपन, धम्की र शरीरको छविलाई आधार बनाइएको थियो ।

रोयस सोसाइटी फर पब्लिक हेल्थ स्टडीले सामाजिक सञ्जालको व्यापक प्रयोगलाई निरुत्साहित गर्नुपर्ने र मानिसक समस्या भएका प्रयोगकर्ताको पहिचान गर्नुपर्ने बताउँछन् ।

रिपोर्टले भन्छ, समाजिक सञ्जालले युवाहरुको लागि मानसिक समस्या बढाइरहेको छ ।

अन्य उमेर समूहको तुलनामा सबैभन्दा बढी ९० प्रतिशत युवा सामाजिक सञ्जालमा सक्रिय छन् । त्यही भएर उनीहरु यसका प्रभावबाट सबैभन्दा बढी खतरामा रहेका छन् ।

यद्यपि, अहिलेको अध्ययनले यस्ता खतरा के केमा हो भनेर चाहीँ प्रष्ट पारेको छैन ।

अनलाइन गरिएको सर्वेक्षणमा युट्युव, इन्सटाग्राम, स्नापच्याट, फेसबुक र ट्वीटरले आफ्नो मानसिक स्वास्थ्यमा कस्तो पारिरहेको भनेर सोधिएको थियो ।
जसमा युट्युवबाट सबैभन्दा सकारात्मक प्रभाव परेको र स्नापच्याट र इन्सटाग्रामबाट सबैभन्दा बढी नाकारात्मक प्रभाव परेको नतिजा आएको थियो ।

२०७५ साउन २९ गते १३:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर