‘परिवारमा तीन छोरी भए एउटी छोरीले गर्छिन् देह व्यापार’

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १५:५१

बीबीसी। तेलंगानाका ‘दोम्मारी समुदाय’ नयाँ बाटोमा अगाडि बढ्न चाहन्छ। यो समुदाय मन्दिरको शहर यादागिरी गुट्टामा नाबालिगको तस्करीको आरोपमा गरिएको पक्राउबाट रिसाएको छ।

यद्ययी यो समुदायले सार्वजनिक रुपमा देह व्यापार छोड्ने घोषणा गरेको छ। उनीहरुले सार्वजनिक रुपमा आफूहरुमाथि अपमानजनक व्यवहार नगर्न अपील पनि गरेको छ।

केही समय अगाडि यादागिरी गुट्टा चर्चामा छ। यहाँका नाबालिगलाई तस्करी र देह व्यापारमा धकेल्नकालागि उनीहरुलाई हार्मोनको इन्जेक्शन लगाएर जवान बनाउने गरिएको घटना सार्वजनिक भएको थियो।

यो समुदायका मानिससँग बीबीसीले कुराकानी गरेको छ। र, उनीहरुलाई आफ्नो भनाइ राख्न दिएको छ। उनीहरुले साँझ पर्न थालेपछि मसँग आफ्नो भनाइ राखे।

दोम्मारी समुदायका मध्य प्रदेश अध्यक्ष रामुलुले आफूहरुले देह व्यापारबाट अगल हुने निर्णय किन गर्यौं भन्ने विषयमा मुख खोले। उनले हालै मात्र आफ्ना समुदायमाथि भएको गिरफ्तारीको समाचार पढेपछि स्कुलमा आफ्ना समुदायका बालबालिकामाथि अन्य समुदायका बालबालिकाले अपमान गर्ने गरेको बताए। उनले सामान्य जीवन जिउन आफूहरुलाई प्रशासनले सहयोग गर्नुपर्ने बताए।

यो समुदायका आफ्नो पुर्खौली पेशासँग जोडिएको छ। यो समुदायका एक व्यक्तिका अनुसार उनकी हजुरआमा सहित कयौं पुस्ताले सडकमा सर्कस देखाउँथे। ‘सुरुका दिनमा जमिनदारले आफ्नो आनन्दकालागि यो समुदायका महिलाको शोषण गर्थे। समयक्रमसँगै यो समुदायका कयौंले पुरानो पेशा परिवर्तन गर्दै नयाँ पेश अपनाए,’ उनले भने।

२०७५ साउन २९ गते १५:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर