सुत्नुअघि भुलेर पनि नगर्नुहोस् यी ८ काम, नत्र पछुताउनु पर्ला !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते १६:३२

हाम्रो शरिर स्वस्थ राख्नको लागि स्वस्थ खानपान र व्यायाम मात्रै होइन आरामको पनि महत्वपूर्ण भुमिका हुन्छ । चिकित्सकहरुका अनुसार हामीले दैनिक कम्तीमा ७ देखी ८ घन्टा राम्रोसँग सुत्नु पर्छ ।

दिनभरीको काम र ब्यस्त जिवनीले गर्दा बेलुका हाम्रो शरिर निक्कै थाकेको हुन्छ । तर पनि राती बिच्छ्यौनामा पल्टिँदा धेरै जसो मानिसलाई सजिलै निन्द्रा लाग्दैन । यस्तो हुनुमा हाम्रो अव्यवस्थित जिवनशैली जिम्मेवार छ । यदि तपाई राम्रोसँग सुत्न चाहानुहुन्छ भने राती सुत्नुअघि कहिल्यै नगर्नुहोस यी ८ काम

१. सुत्नु अघि व्यायाम
हाम्रो स्वास्थ र शरिरको लागि व्यायाम एकदमै महत्वपूर्ण कुरा हो तर राती सुत्न भन्दा कम्तिमा तिन घन्टा अगाडी नै गरेको राम्रो । किनभने एक्सरसाइजले शरिरको तापक्रम बढाँउछ र सुत्न असजिलो बनाँउछ त्यसैले सुत्न अघि कहिल्यै पनि एक्सरसाइज नगर्नुहोस ।

२. टिभी हेर्ने वा वेव सर्फ गर्ने
अध्ययनहरुका अनुसार सुत्न अघि स्क्रिन हेर्नाले तपाईको शरिरको निदाउने क्षमतामा ह्रास आँउछ । किनभने स्क्रिनहरुको उज्यालाले मेलाटोनिन नामक हर्मोनको विकासमा बाधा पुर्याउँछ जसले सुत्न सहयोग गर्छ । त्यसैले राती सुत्नु भन्दा एक घन्टा पहिले नै ल्यापटप, कम्प्युटर वा टिभी बन्द गर्नुहोस ।

३. तातो पानीले नुहाउने
तातो पानीले नुहाउनाले तपाईको शरिरको तापक्रम बढाँउछ । तातो बढ्नाले र पसिना आउनाले तपाईलाई सुत्न गाह्रो बनाँउछ । त्यसैले सुत्नु अघि शरिर चिसो बनाउनुहोस ।

४. धेरै तरल पदार्थ पिउने
क्याफिन र अल्कोहल दुवैले राती सुत्न गाह्रो बनाँउछ । यसैगरी सुत्नु अघि एक दुई घन्टा भित्र धेरै तरल पदार्थ पिउनाले बाथरुम धेरै जान पर्ने बनाँउछ र तपाँईको निन्द्रा बिथोल्न सक्छ । तर फेरी पानी पिउँदै नपिउनाले पनि तपाईलाई राती तिर्खा लाग्न सक्छ त्यसैले यसमा ब्यालेन्स गर्नुपर्ने हुन्छ ।

५. राती अबेरसम्म काम
तपाईको जति नै महत्वपूर्ण काम भएपनि राती गर्नु भन्दा बिहानै उठेर गर्दा राम्रो हुन्छ । किनभने सुत्नुअघि काममा ध्यान केन्द्रित गर्दा तपाईको दिमाग उत्तेजित हुन्छ र तनाव उत्पन्न हुन्छ जसले राम्रो सँग निदाउन दिँदैन् ।

६. मनोरञ्जनात्मक कथाहरु पढ्ने
यदी तपाँई एकदमै चाखलाग्दो उपन्यास पढिरहनुभएको छ भने तपाईलाई अझै एक पाना एक पाना भन्दै पढ्न मन लाग्छ जसले तपाईको निन्द्रा नै हराँउछ । त्यसैले सुत्नुअघि कहिल्यै पनि मनोरञ्जनात्मक कथाहरु नपढ्नुहोस ।

७. पाल्तु जनावरलाई सँगै सुताउने
आफ्नो पाल्तु जनावरलाई छातिमा राखेर सुत्नाले वा सँगै सुताउनाले पनि तपाईको निन्द्रा खराब गर्न सन्छ । त्यसैले आफ्नो पाल्तु जनावरलाई सँगै नसुताउनुहोस

८. गम्भिर कुराकानी गर्ने
कुनै गम्भिर कुराकानी वा झगडा गरेर सुत्नुभयो भने तपाईको दिमागमा धेरै कुरा खेल्छ र निन्द्रा लाग्दैन । त्यसैले राती सुत्न अघि कहिल्यै पनि गम्भिर कुराकानी वा झगडा नगर्नुहोस ।

२०७५ साउन २९ गते १६:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर