पोखरीमा डुबेर सप्तरीमा दुई जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन २९ गते २३:४८

राजविराज । पोखरीमा डुबेर मंगलबार सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।

मृृत्यु हुनेमा सप्तरी बलान बिहुल गाउँपालिका–२ पत्थराटोलका श्रीराम साहको चार वर्षीय छोरा रञ्जीतकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।

आफ्नो हजुरआमासँग पोखरीमा नुहाउने क्रममा रञ्जीतको डुबेर मृत्यु भएको उनले बताए ।

यसैगरी मादक पदार्थ सेवन गरी बेपत्ता रहेका सप्तरी रुपनी गाउँपालिका–२ का ४० वर्षीय रामउद्गार सदाको शव मंगलबार पोखरीमा डुबेको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।रासस

२०७५ साउन २९ गते २३:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर