हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक भारतीयको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते ०:२४

हुम्ला । हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर मंगलबारएक जना भारतीयको मृत्यु भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए।

हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटाको शव बुधबार हिल्साबाट सदरमुकाम सिमकोट ल्याइने बताइएको छ ।रासस

२०७५ साउन ३० गते ०:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर