बन्दको मारमा विद्यालय मात्र , ३५ हजार विद्यालयका ७० लाख विद्यार्थी प्रभावित

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते १:०८

काठमाडौं । विप्लव निकट माओवादीको बन्दको प्रत्यक्ष प्रभाव विद्यालयमा परेको छ । बन्दको कारण देशभरका सरकारी र निजी विद्यालय बन्द भएका छन् ।

सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको सात वर्ष पुगिसक्दा पनि कार्यान्वयनमा ल्याउन नसक्दा जसले बन्द घोषणा गरेपनि विद्यालय बन्द हुने गरेका छन । नियमनकारी निकाय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बन्द विद्यालय खुला गर्ने विषयमा कुनै चासो नदेखाउदा अधिकांस बन्दको मारमा विद्यालय परेका छन् ।

विप्लब निकट नेकपा माओवादीको विद्यार्थी संगठनले गएको बैशाख २२, जेठ २१ र असार ३ गरी तीन पटकसम्म विद्यालय बन्द गरिसकेको छ । विद्यालय बन्द भएको यो वर्षमा यो चौथो पटक हो ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा९ प्रकाण्ड० पक्राउ गरेको विरोधमा पार्टीले देशब्यापी आम हड्ताल आब्हान गरेको थियो । अन्य क्षेत्रमा बन्दको खासै असर नपरेपनि मंगलबारको बन्दको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ ।

सरकारले विद्यालय शान्ति क्षेत्र निर्देशिका जारी गरे लगत्तै सबै पार्टीका अध्यक्षले कुनैपनि बन्दमा विद्यालय बन्द नगर्ने प्रतिबद्धता जनाउदै हस्ताक्षर समेत गरेका थिए । तर अहिले बन्दमा विद्यालय ठप्प हुदा सबै पार्टी चुप चाप बसेका छन । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले निर्देशिकालाई कडाईका साथ लागु गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने,–हामी यो विषयमा गम्भीर छांै,विद्यालय बन्द भएको विषयमा गहन छलफल गर्ने छौ ।

म्ंगलबारको बन्दको कारण विहानी कलेज र विद्यालय पुगेका लाखौ विद्यार्थी बन्दको हल्ला भएपछि फर्किएका थिए । बन्दको कारण मुलुकभरका ३५ हजार सरकारी र निजी विद्यालयका करिब ७० लाख विद्यार्थी पढ्नबाट बञ्चित भएका छन ।

-नेपाल समाचारपत्रबाट साभार

२०७५ साउन ३० गते १:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर