मैथिली चलचित्र निर्देशक धर्मेन्द्रको निधन

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते ३:५१

राजविराज । मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको क्रममा मंगलबार काठमाडौँस्थित सिभिल अस्पतालमा निधन भएको कलाकार भुपेन्द्रकुमार मण्डलले जानकारी दिए।

उनी मधुमेह र रक्तचापको रोगी थिए। पछिल्लो समय उहाँ ‘कलंक’ नामक मैथिली चलचित्रको निर्माणमा व्यस्त थिए।

यादव एक दशकदेखि मैथिली कलाक्षेत्रमा सक्रिय रहँदै आएका थिए। उनले एक दर्जनभन्दा बढी मैथिली चलचित्रको निर्देशन तथा अभिनय गरेका छन्।

उनले राधा सँग मोहन, जान सन, हिरो तोहर दिवाना, प्रेमरोगलगायत चलचित्र निर्माण गरेका छन्। उनले ‘मैथिली खुशी’ युट्युव च्यानलमार्फत् मैथिली हास्यव्यंग्यका करीब दुई सय शृङ्खला निर्माण गरेका छन्।

“यादव रामलाल, फूलमतीया र जनकपुरवालीको नामले मैथिलीभाषी दर्शकबीच चर्चित हुनुहुन्थ्यो,” मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादवले भने।

२०७५ साउन ३० गते ३:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर