मध्यरातमा अनामनगर बस्तीमा पस्यो धोबीखोला (चार तस्वीर)
आजको खबर | प्रकाशित : २०७५ साउन ३० गते ४:२६

काठमाडौं । मंगलबार रातिको भीषण वर्षाका कारण अनामनगर र आसपासको क्षेत्र डुवानमा परेको छ ।
वर्षासंगै धोबीखोलामा आएको बाढीले अनामनगर आसपासको नदी किनारको सडक, घर र पसलसमेत डुबानमा परेका छन् ।
खोलाको बाढी घरभित्र पसेपछि अहिले डुबान पीडितले घर, पसलभित्रका सामान तथा घरभित्र पसेको पानी निकाल्ने काम गरिरहेका छन् । हरेकवर्ष धोबीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गरेको छ ।
खोला मानव अतिक्रमणमा परेपछि वर्षेनी वर्खाको समयमा खोला आसापासका क्षेत्र डुबानमा पर्दै आएका छन् । विशेष गरी सुकुम्बासी वस्ति डुवानको चपेटामा पर्ने गरेका छन् ।
तस्वीर : आर्यन धिमाल
२०७५ साउन ३० गते ४:२६ मा प्रकाशित