खुकुरी र हँसियाले हानेर छोरा र भाइको हत्या

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते ४:४१

रुकुम । पश्चिम रुकुममा एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका छन्।

जिल्लाको मुसीकोट नगरपालिका–१४, लोरिवाङका ३७ वर्षीय शंकर विष्टले बुधबार बिहानै धारिलो हतियारले हानेर ६ वर्षीय छोरा सुदर्शन विष्ट र २० वर्षीय भाइ गोकर्ण विष्टको हत्या गरेका हुन्। उनले एक्कासी आफ्ना भाइ र छोराहरुलाई घरेलु हतियारले अन्दाधुन्द आक्रमण गरेका थिए । उनका छोराहरू १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश पनि घाइते भएका छन् । उनीहरूको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

छोरा, भाइको हत्या र दुई छोरालाई घाइते बनाएपछि शंकर आफूले पनि आत्महत्याको प्रयास गरेको बताइएको छ। उनले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

शंकरको मानसिक सन्तुलन ठीक नभएको स्थानीय बासिन्दाले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७५ साउन ३० गते ४:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर