‘नेपाली इमरान हाशमी भन्दा मलाई कुनै आपत्ति छैन’ (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते १३:१६

काठमाडौँ। सामाजिक सञ्जालदेखि मिडियामा समेत अहिले प्रियङ्का कार्कीको हट दृष्यले ठाउँ लिइरहेको छ। हालसालै सार्वजनिक भएको एक गीतको भिडियोमा रहेको दृश्यले अहिले सबैको ध्यान तानिरहेको छ।

हालसालै सार्वजनिक गरिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘रातको कुरा‘ बोलको गीतको भिडियोमा नायिका प्रियङ्कालाई निकै उत्तेजक रुपमा प्रस्तुत गरिएको छ। नायक प्रमोद अग्रहरीसँगको अन्तरङ्ग दृश्य आम दर्शकले पचाउन गार्‍हो हुने किसिमको छ।

उक्त गीतले नायिका प्रियङ्का कार्की निकै चर्चमा छिन्। साथै चर्चामा छन् नायक प्रमोद अग्रहरी। उक्त दृष्यपछि कतिपयले उनलाई नेपाली चलचित्रका इमरान हाशमी समेत भन्ने गरेका छन्। यो विषयमा के भन्छन् त नायक प्रमोद अग्रहरी।
हेर्नुस् उनीसँगको कुराकानी।

२०७५ साउन ३० गते १३:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर