सरकारले दिने अनुदान नपाएपछि उखु किसान अनशनमा

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते १३:२७

कपिलवस्तु । कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन्।

आव ०७१÷७२ मा सरकारले प्रतिक्विन्टल २५ का दरले अनुदान दिने भने पनि अहिलेसम्म नपाउँदा यहाँका किसान इलाका प्रशासन कार्यालय चन्द्रौटामा अनशन बसेका हुन्।

कपिलवस्तुमा सात हजार उखु किसानले अनुदान पाएका छैनन्। कपिलवस्तुमा मात्रै करीब रु दुई करोड ५० लाख रकम किसानले पाउनुपर्ने भए पनि अझै पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए।

अनुपकुमार चौधरी शिवराज नगरपालिका–७ का वडा अध्यक्षसमेत हुन। अनशनमा अध्यक्ष चौधरीसहित रामबहादुर रायमाझी, रामप्रकाश चौधरी, हरिनारायण चौधरी र बलराम पाण्डेलगायत छन्।

अन्य जिल्लाका किसानले अनुदानको रकम पाए पनि कपिलवस्तुका किसानले नपाएको उखु कृषक ओम प्रकाश चौधरी बताए।

२०७५ साउन ३० गते १३:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर