हँसिया प्रहारबाट आफ्नै दाजुले गरे भाइ र छोराको हत्या

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते १५:१८

रुकुम (पश्चिम) । रुकुम (पश्चिम)मा हँसिया प्रहार गरी एक जनाले आफ्नै भाइ र छोराको हत्या गरेका छन्।

मुसिकोट नगरपालिका–१४ छिबाङ लहरे खेत बस्ने ३८ वर्षीय शंकर बिष्टले धारिलो हतियार हँसिया प्रहार गर्दा उनकै भाई २० वर्षीय गोकर्ण बिष्ट र ७ वर्षीय छोरा सुदर्शन बिष्टको बुधबार मृत्यु भएको छ।

हँसिया प्रहारबाट विष्टका छोराहरु १३ वर्षीय प्रकाश बिष्ट र १० वर्षीय दिनेश बिष्ट र शंकर आफै समेत घाइते भएका छन्।

सो घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घाइते तीनै जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्लेबाट थप उपचारको लागि नेपालगंज पठाइएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७५ साउन ३० गते १५:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर