ट्यूशन सेन्टरमा चलिरहेको थियो पढाइ : आक्रमणकारीले आफूसँगै ४८ को ज्यान लिए, ६८ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३० गते १६:०३

बीबीसी । अफगाननिस्तानको काबुलस्थित एक ट्यूशन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको मृत्यु भएको छ। आक्रमणमा परी ६७ जना घाइते भएको स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।

प्रहरीका अनुसार ट्यूशन सेन्टरमा पढाइ चलिरहेका बेला आक्रमणकारीले आफैलाई पनि बमले उडाएका थिए। आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी छात्र रहेका छन्। विद्यार्थीले यूनिभर्सिटीको प्रवेश परीक्षाको तयारीका लागि एक्स्ट्रा कक्षा लिइरहेका थिए।

चरमपन्थी संगठन तालिवानले यस घटनामा आफ्नो हात नरहेको दाबी गरेको छ।  कथित इस्लामिक स्टेटले चरमपन्थि अफगानिस्तानमा प्राय शिया समुदायलाई निशाना बनाउने गर्दछ।

२०७५ साउन ३० गते १६:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर