४ डिआइजी र २७ एसएसपीको सरूवा, कसलाई कहाँको जिम्मेवारी (सूची सहित)

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते ०:४९

काठमाडौं। आज गृह मन्त्रालयले काठमाडौं र ललितपुर प्रहरी प्रमुखसहित २७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) गरी जम्मा ३१ जना प्रहरीको सरुवा गरको छ।

काठमाडौ प्रमुखमा वसन्त लामालाई ल्याईएको छ भने ललितपुर प्रहरी प्रमुखमा रविन्द्र धानुकलाई पठाइएको छ। काठमाडौमा आएका लामा ३८ किलो सुन तस्करी छानबिन समितिका सदस्य पनि रहेका थिए।

प्रहरी प्रधान कार्यालयका डीआईजी महेशविक्रम शाह कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, सुर्खेतमा रहेका सुरेशविक्रम शाह प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका सुरेश केसी ७ नम्बर प्रहरी कार्यालय दिपायल र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका धिरु बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय नक्सालमा सरुवा भएका छन्।

२०७५ साउन ३१ गते ०:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर