१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्नेध्ये एक पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते ४:१९

गाईघाट, उदयपुर। जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताए।

उनका अनुसार सोमबार साँझ चौदण्डीको हटियातर्फ अटो रिक्सामा आफन्तकोमा जाँदै गरेकी किशोरीको पछि लागेर अभियुक्तद्वयले हँडियाको जङ्गलमा किशोरीलाई बलात्कार गरेका र फेरि पनि उनीहरूले ललाइफकाई किशोरीलाई घर ल्याइदिने भन्दै सोही राति अटोरिक्सामा गाईघाटस्थित त्रियुगा बसपार्कको एक होटलमा ल्याएर अन्य युवकसहित मिलेर पुनः सामूहिक बलात्कार गरेका थिए।

२०७५ साउन ३१ गते ४:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर