आगलागिमा परेर २१ महिनाकी बालिकाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते ६:३३

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका ५ मा आगलागिमा परि २१ महिनाकी बालिकाको मृत्यु भएको छ । आगलागीको कारण फालेलुङ ५ का अविनारायण राईकी २१ महिनाकी छोरी सुमिता राईको मृत्यु भएको हो ।

छोरीलाई बचाउने क्रममा आमा गम्भिर घाइते भएकी छिन । वुधवार अपरान्ह भएको आगलागीमा गम्भिर अवस्थामा रहेकी राईकी श्रीमती वर्ष ३५ की कमला राईको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा रेफर गरीएको छ ।

छोरीलाई घर भित्र सुताएर घास काट्न गएकी कमला घरमा आगो लागेको थाहा पाएपछि घर फर्किदा छोरी जलिरहेको अवस्थामा देखेपछि वचाउने क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुवरले बताए । आगलागिको कारण भने खुलेको छैन ।

२०७५ साउन ३१ गते ६:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर