खेर जाने आलुको बोक्राको यस्ता छन् अद्भूत फाइदा…

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते ७:४९

प्राय:को भान्सामा आलु पाक्छ । केही मानिसहरुले आलुको बोक्रा फाल्छन् भने केहीले फाल्दैनन् । आलुको बोक्रा फाल्दा प्राकृतिक स्वादमा समेत कमी आउने गर्छ । तर, आज हामी तपाईलाई प्राय:ले फाल्ने आलुको बोक्राको फाइदाबारे जानकारी दिनेछौं ।

आलुको बोक्रामा हाम्रो शरीरलाई चाहिने भिटामिन तथा खनिज हुन्छन् । त्यसैले सकेसम्म आलुलाई बोक्रा नफाली पकाउँदा राम्रो हुन्छ ।आलुको बोक्राले शारीरिक सौन्दर्यलाई पनि सहयोग गर्छ । आलुमा एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुण हुने भएकाले शरीरको छालालाई स्वस्थ र चम्किलो बनाउँछ ।

आलुको बोक्राले कपाल झर्ने समस्या टाढा राख्न मदत गर्छ । तपाईले आलुको बोक्रालाई कपालमा लगाउनुभयो भने कपाल चाँडै बढ्छ र झर्दैन । आलुको बोक्राले तपाईले चाँदी तथा आल्मुनियमका भाँडाहरुमा लागेको दाग हटाउन प्रयोग गर्न सक्नुहुन्छ ।

अझ यसले पुजा सामग्रीको भाँडालाई एक प्रकारको चमक दिन्छ । आलुको बोक्रामा हलुका खाले एसिड हुने भएकाले भाँडामा भएको दागलाई हटाउन सहयोग गर्छ । – एजन्सी

२०७५ साउन ३१ गते ७:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर