पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १०:०३

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउनका लागि अझै तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ।

२०७५ साउन ३१ गते १०:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर