तोकिएकै समयभित्र पुननिर्माणको काम सम्पन्न गर्ने सिईओको प्रतिबद्धता

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १२:२५

काठमाडौं। भूकम्प पुननिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले तोकिएको समय भित्रै पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी स्पष्ट कार्ययोजना बनाएर अघि बढने प्रतिवद्धता व्यक्त गरका छन्। उनले विगतको कामको समीक्षा गर्ने र प्राधिकरणका लागि आवश्यक वित्तीय व्यवस्थापनको चुनौती सामना गर्न आवश्यक कार्ययोजना बनाउने बताए।

बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यलयमा पुगेगर पदभाग ग्रहण गरेपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृति ज्ञवालीले आफूले नै पहिलो पटक प्राधिकरणको नेतृत्व लिँदा यसको जग बसाल्ने काम गरेको दावी गरे।

भूकम्प पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा प्राधिकरणका सचिव कार्कीले प्राधिकरणको कामबारे संक्षिप्त जानकारी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई गराएको थिए। उनले प्राधिकरणले पुनर्निर्माणको कामलाई साँढे २ वर्ष भित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको पनि जानकारी दिनु भएको थिए।

प्राधिकरणको सो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरिएको छ। सचिव कार्कीले सो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले स्विकृत गरेपछि पुनर्निर्माणको कामले गति लिने बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पदभार ग्रहण गरेका छन्।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बिहीबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्। तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७२ साल पुस १० गते पहिलो पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका ज्ञवालीलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले हटाएको थियो।

२०७५ साउन ३१ गते १२:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर