पतिले मोबाईल फुटाइदिएको झोकमा डिभोर्स दिन श्रीमती अदालत नै पुगीन्

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १३:३४

एजेन्सी । भारतको भोपालबाट एक अनौठो खबर बाहिर आएको छ । भोपालकी एक महिलाले लोग्नेले फोन फुटाएपछि डिभोर्स दिन अदालत पुगेकी छिन् । पति र पत्नी दुबैजनामा मोबाइल फोन अत्यधिक चलाउने लत भएका कारण उक्त जोडी डिर्भोस गर्ने निर्णमा पुगेको हो ।

भारतीय मिडियाका अनुसार एकदिन पत्नी मोबाइलमा कसैसँग कुरा गरिरहेको बेला एक्कासी रिसको झोँकमा पति चाहीँले मोबाइल खोसेर भुइँमा बजारिदिए । त्यसपछि दुबै जनाबिच हात हानाहान भयो र यो घटना लगत्तै पत्नी चाहीँले पुलिसमा उजुरी गरिन् ।

त्यसपछि डिभोर्सको प्रक्रिया अगाडी बढ्यो । तर जब उनीहरुको मुद्धा अदालतमा पुग्यो दुवैले एकअर्कासँग कुराकानी गर्न थाले । कुराकानी गर्न थाल्नुको कारण पनि दुवैको मोवाइल नहुनु थियो । उनीहरुबीच यस्तो खुलस्त कुराकानी भयो कि मनमा रहेको शंका तथा रिस सबै साम्य भयो ।

मन माझामाझ भएपछि दुबैजनाले घरबार नटुटाउने निधोमा पुगे । अन्ततः उनीहरुले अड्डामा दायर गरेको डिभोर्सको निवेदन नै फिर्ता लिएर अहिले उनीहरुले सामान्य जिन्दगी बिताइरहेका छन् । यो घटनाले विश्वभर भाइरल रुप धारण गरिरहेको छ ।

२०७५ साउन ३१ गते १३:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर