राष्ट्रिय गौरवका आयोजना निर्माणलाई तीव्रता दिन सरकारको निर्देशन

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १३:३३

काठमाडौँ । संघीय संसद् विकास तथा प्रविधि समितिले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको काममा तीव्रता दिन भौैतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

भौतिक पूर्वाधारको कामले गति नलिएपछि त्यसलाई तीव्रता दिन सरकारलाई निर्देशन दिइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले जानकारी दिए। त्यसैगरी समितिले पूर्वाधार निर्माणको कामलाई अघि बढाउन सम्वद्ध निकायबीच समन्वयनका लागि कार्य क्षेत्र प्रष्ट ढंगले तोकिदिन पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गरेको छ।

जेष्ठ सदस्य लामाले विकास पूर्वाधारको चालू कार्यक्रमहरुको प्रगति विवरण समितिमा पेश गर्न पनि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको बताए। बैठकमा समितिका सदस्यहरुले विकास निर्माणको कामलाई तीव्रता दिन स्थानीय र प्रदेश सरकारसँग आवश्यक समन्वय हुने गरी तत्काल नीति बनाउन सरकारको गम्भिर ध्यानाकर्षण गराए।

समितिका सदस्य गणेश पहाडीले स्थानीय र प्रदेशसँग आवश्यक समन्वय हुने गरी नीति बनाएर मात्रै पूर्वाधार निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिए । समितिकी अर्का सदस्य दुर्गा पौडेलले भौतिक पूर्वाधार र यातायात क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर अघि बढन सरकारलाई सचेत गराएका थिए। उनले भ्रष्टाचार भएकाले पूर्वाधार निर्माणको काम गुणस्तरीय हुन नसकेको पनि स्मरण गराए।

समितिका सदस्य टेकबहादुर बस्नेतले दण्ड सजायको उचित व्यवस्था नगरी काठमाडौंलगायतका सडक व्यवस्थापनको काम अघि बढाउन नसकिनेतर्फ सरकारको ध्यानाकर्षण गराए। उनले अर्को वर्षको वर्षात्मा काठमाडौं उपत्यकाको सडकको अवस्था सुधार हुने गरी काम गर्न सरकारलाई सचेत गराए।

बैठकमा समितिका सदस्यहरुले भौतिक पूर्वाधारको कामलाई अघि बढाउन आवश्यक कार्ययोजना तय नगरेको भन्दै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठकोे चर्को आलोचना गरेका थिए।

२०७५ साउन ३१ गते १३:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर