चौबीसै घण्टा ब्रा लगाउनु हुन्छ ? स्वास्थ्यको लागि खतरनाक

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १४:४०

नेपालीहरुले बाहिरी देखावट राम्रो खोज्ने भित्री वस्त्र जस्तोसुकै भएन नी केही हुन्न भन्ने बानी नै बनाईसकेका छन् । भित्री बस्त्र त हो भनेर हेलचक्रयाइ गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने ख्याल गरिदैन् । तर चिकित्सकले यसो गर्दा समस्या निम्तने बताउँछन् ।

लगातार ब्रा लगाई राख्दा फिगर राम्रो हुन्छ भन्ने कतिपयको सोचाई हुन्छ । तर यो गलत हो । चौबीसै घण्टा सम्म ब्रा लगाईराख्नु स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । चौबीसै घण्टा ब्रा लगाई राखेमा छालाले श्वास फेर्न नपाई बिभिन्न किसिमका स्वास्थ्य समस्या देखिन्छन् । त्यसैले घर भित्र हुँदा ब्रा नलगाएकै बेश । यदि चौबीसै घण्टा ब्रा लगाई राख्ने हो भने यस्ता बेफाईदाहरु हुन्छन् ः

स्तनमा पीडा ः जतिखेर पनि ब्रा लगाई राख्ने महिलामा अरुहरुको तुलनामा स्तनमा बढी पीडा हुन्छ ।

रक्तसञ्चारमा समस्या ः चौबीसै घण्टा ब्रा लगाई राख्नाले रक्तसञ्चारमा पनि अवरोध पुग्छ । धेरै कसिलो ब्रा भए स्तनका तन्तुहरू पनि नष्ट हुने खतरा हुन्छ ।

पिठ्यूँ दुख्ने ः चौबीसै घण्टा धेरै टाईट ब्रा लगाइ राख्नु हुन्छ भने पिठ्यूँ दुख्ने समस्याले सताउने गर्छ ।

छालामा समस्या ः चौबीसै घण्टा ब्रा लगाउनाले छाला चिलाउने, जलन हुने, असहज हुने जस्ता समस्या आउन सक्छन् ।

रातो बिमिरा आउने (हाइपरपिग्मेन्टेशन) ः धेरै समयसम्म ब्रा लगाउने महिलामा अत्याधिक मात्रामा रातो बिमिरा आउने खतरा रहन्छ ।

फंगस फैलिने आंशका ः चौबीसै घण्टा ब्रा लगाइ राख्नाले शरीरमा मोइस्चर बन्ने भएकाले फंगस फैलिने आशंका बढेर जान्छ ।

२०७५ साउन ३१ गते १४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर