पुलिसले दिए गुलाफको फूल, घर पुग्दा श्रीमतीले गरिन् अवैध सम्बन्धको शंका, त्यसपछि…

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १४:३०

एजेन्सी। ट्राफिक व्यवस्था सुधार गर्नको लागि ट्राफिक प्रहरीले अनेकौं आइडिया लगाउँछ । भारतको बैंगलोरमा प्रहरीले नक्कली यमराज बनेर सचेतना जगाएको थियो । यस्तैमा भारतको उत्तर प्रदेशको प्रहरीले ट्राफिक व्यवस्था सुधार गर्न गुलाफको फूलवाला आइडिया उपयोग गरिरहेको छ । ट्राफिक नियमको पालना गर्नेलाई यहाँका ट्राफिक प्रहरीले गुलाफको फूल दिन्छन् ।

यही अभियान अन्तर्गत लखनउ ट्राफिक प्रहरीले एक व्यक्तिलाई सडकमा हेल्मेट लगाएर मोटरसाइकल चलाएको भन्दै गुलाफको फूल दिए । ती व्यक्ति हातमा गुलाफको फूल लिएर घर पुगे । हातमा फूल देखेपछि उनकी पत्नीलाई शंका भयो कि पतिको बाहिर अर्कै महिलासँग अफेयर चलिरहेको छ । त्यसपछि पत्नीले बबाल मच्चाइन् । ती व्यक्तिको नाम मोहम्मद दानिश भएको बताइएको छ ।

दानिशकी पत्नीलाई पहिल्यैदेखि शंका थियो कि उनको बाहिर अफेयर चलिरहेको छ । यस्तोमा हातमा रातो गुलाफको फूल देखेपछि पत्नी रिसले आगो भइन् र झगडा गर्न थालिन् । दानिशले कैयौं पटक पत्नीलाई सम्झाउने कोसिस गरे तर उनले मानिन् र पूरै दिन लडाइ गर्दै रहिन् । पत्नीलाई लाग्थ्यो कि आखिर किन पुलिस बाटोबाटो फूल बाँड्दै हिँड्छ ?

पूरै दिन झगडा भएपछि दानिश प्रहरीकहाँ गए । उनी प्रहरीमा इन्स्पेक्टर प्रेम शाहीसँग पुगे र सबै वास्तविकता सुनाए । लडाइको पूरै कहानी सुनाएपछि उनले फूल दिँदाको जुन फोटो थियो त्यो फोटो मागे । पुलिसले फोटो दियो र एक अर्को फूल पनि दियो । त्यसपछि मात्र दानिशको घरझगडा मिलेको बताइएको छ । इन्स्पेक्टर प्रेम शाहीले यसबारे फेसबुकमा पोस्ट लेखेर घटनाको जानकारी दिएका हुन् ।

२०७५ साउन ३१ गते १४:३० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर