सावधान ! अगरबत्तीको धूँवा चुरोटको धूँवाभन्दा खतरनाक

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १५:०३

अगरबत्तीलाई आध्यात्मिकता मात्र होईन् शान्ति र शुद्धताको प्रतीक पनि मानिन्छ । पूजापाठ तथा धार्मिक कार्यहरूमा अगरबत्तीको प्रयोग धेरै नै गरेको पाईन्छ । यसको सुगन्ध प्राय सबैलाई राम्रो लाग्छ । वास्तवमा अगरबत्तीको धूँवा त चुरोटको धूँवाभन्दा खतरनाक हुन्छ ।

चिनियाँहरूले गरेको अध्ययनमा अगरबत्ती बाल्दा त्यसको धूँवासँगै मसिना विषालु कण निस्कन्छन् र ती हावामा घोलिन्छन् । त्यसपछि शरीरका कोशिकालाई नोक्सानी गर्छन् ।

अध्यययनले जनाए अनुसार सुगन्धित अगरबत्तीमा म्युटाजेनिक, जीनोटक्सिक र साइटोटक्सिक भन्ने तीनवटा विषालु तत्त्व हुन्छन् । जसले क्यान्सर गराउन सक्छन् ।

धगरबत्तीको धूँवाबाट शरीरमा भएको जीन परिवर्तित हुन्छ र त्यही नै क्यान्सर अनि फोक्सोसँग जोडिएको रोगको पहिलो चरण हो ।

अगरबत्ती बाल्ने गर्नु भएको छ भने त्यसको सट्टा बाटेको धूप बाल्ने गर्नुस् । यसले त्यस्तो जोखिमबाट बचाउँछ ।

२०७५ साउन ३१ गते १५:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर