आठ हजार चिहानकोबीचमा राखिएको थियो बालिकाको शव, अचानक आँखा खुले अनि फेरि…

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १५:०५

एजेन्सी। आज हामी तपाइँलाई यस्तो अचम्मको विषय बताउन गइरहेका छौं जुन सुनेर तपाइँ अचम्ममा पर्नुहुनेछ। तपाइँले यो कुरामाथि विश्वास नगर्न सक्नुहुन्छ। तर कुरा सत्य हो। इटलीको एउटा संग्राहलयमा करिव आठ हजार चिहानकोबीचमा एउटा यस्तो चिहान छ, जसलाई देख्दा मानिस हेरेको हेर्यै हुन्छ। ‘स्लीपिङ ब्युटी’ को नाममा चर्चित भएकी बालिका रोजालिया लोबरडोको उमेर मात्र दुई वर्षको थियो। उनी एक दुर्घटनाको शिकार भइन्।

यो दुर्घटनामा करिव आठ हजार मानिसको मृत्यु भएको थियो। उनीहरु सबैलाई एउटा संरक्षित क्षेत्रमा गाडिएको थियो। केही समय अगाडि उक्त सामुहिक चिहानमा केही मान्छे पुगे र ती दुई बर्षीया बच्चीको चिहान हेर्दा सबै छक्क परे।

बाकसभित्र राखेर चिहानमा राखिएकी बालिकाले आँखा झिम्क्याइन्। त्यसपछि उक्त घटना आगोसरी फैलियो। र मानिसहरु ती बालिकालाई हेर्न त्यहाँ पुगे। टाढा टाढाबाट मानिसहरु त्यहाँ पुग्न थाले। संग्राहलयका निरीक्षकका अनुसार ती बालिकाको शवको आँखा पूरै बन्द भएको छैन। त्यही कारण हुन सक्छ मानिसहरु यसलाई अद्भुत घटना भन्दै ती बालिकासँग सम्बन्धित जानकारी शेयर गरिरहेका छन्।

त्यसपछि इटली सरकारले ‘स्लीपिङ ब्युटी’ को शवलाई एक काँचको बाक्सामा बन्द गरेर राखेको छ। जसमा यो घटना पछाडिको रहस्य र कारणका विषयमा आगामी दिनमा थाहा पाउन सकियोस्।

२०७५ साउन ३१ गते १५:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर