अब श्रीमतीलाई हेलाँ गरे एक बर्षको जेल सजाय

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १५:२३

काटमाण्डौ । भाद्र १ गतेबाट लागु हुने नेपालको मुलुकी अपराध (संहिता) ऐनले श्रीमतीलाई हेलाँ गर्ने, औषधी उपचार नगर्ने, घरबाट निकालिदिने र सम्बन्धविच्छेद गर्ने श्रीमानलाई पनि कारवाही गर्ने भएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक त्यस्ता श्रीमानलाई कारवाही हुने उल्लेख गरिएको छ । श्रीमतीलाई हेलाँ गर्नेलाई एक बर्षको जेल सजाय हुने भएको छ ।

अब श्रीमतीलाई जटिल किसिसका रोग लागेको अवस्थामा उनलाई छोडेर भाग्ने श्रीमानलाई पनि कानुनले खोज्ने भएको छ । धेरैले अस्पतालमा बिरामी श्रीमतीलाई छोडेर भाग्ने गरेकोमा अब यसले नियमन गर्ने अपेक्षा गरिएको छ । कानुनी उपचार नहुँदा समस्या झन् चुलिँदै गएको चिकित्सकको भनाई छ । अब बन्ने यस्तो कानुनले यस प्रकारका समस्या समाधान हुनेमा धेरैले विश्वास पनि लिएका छन् ।

विधेयक संसद्मा दर्ता गरिएको छ । विधेयक पारित भए प्रजनन रोगको कारण देखाई सम्बन्धविच्छेद वा घर निकाला गर्न पाइनेछैन । आङ खस्ने, प्रसव छिद्र, बाँझोपन, पाठेघरको मुखको क्यान्सर र प्रजनन प्रणालीलाई प्रभाव पार्ने अवस्थालाई कारण बनाई कसैलाई पनि सम्बन्धविच्छेद, घर निकाला वा विस्थापन गर्न वा गराउन नपाइने प्रावधान छ ।

२०७५ साउन ३१ गते १५:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर