अनौँठो प्रचलन : जहाँ विहेपछि पति पत्नीसँग रात विताउँन हरेक रात ससुराली जानुपर्छ

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १५:१९

एजेन्सी । संसारमा विवाहसम्बन्धी फरक फरक परम्परा हुने गर्दछन्। प्राय विवाहपछि महिलाहरु पतिको घरमा जानु पर्ने परम्परा रहेको छ। तर विश्वमै सबैभन्दा धेरै जनसंख्या रहेको देश चीनमा विवाहसम्बन्धी अनौठो परम्परा छ।

युनान प्रान्तका मुसो आदिवासीमा विवाहपछि पतिहरु पत्नीसँग रात बिताउँनका लागि हरेक रात ससुराली जानुपर्दछ। यो समुदायमा बिहे गरिसकेपछि पनि लोग्नेस्वास्नीहरु आ आफ्नो घरमा बस्दछन्। बेहुली बेहुलाको घरमा जानु पर्दैन्। तर पतिसँग रात बिताउन उनीहरु पतिलाई आफ्नै माइतीमा बोलाउने गर्दछन्। पत्नीसँग रात बिताएपछि अर्को दिन बिहान छिट्टै उठेर एक्लै आफ्नो घर फर्किन्छन्।

उनीहरुको दाम्पत्य सम्बन्धमा कुनै आर्थिक लेनदेख हुँदैन। दुबैलाई चित्त बुझेको दिनसम्म मात्र सम्बन्ध कायम रहन्छ।

यतिमात्र होइन, सम्बन्धबाट जन्मिएका बालबच्चाको लालनपानको दायित्व पनि बाबुको हुँदैन। महिलाले नै माइतीको सहयोगमा आफ्ना बालबच्चाको पालनपोषण गर्ने गर्दछन्।

२०७५ साउन ३१ गते १५:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर