लडेर अर्घाखाँचीमा एक जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ साउन ३१ गते १५:४९

अर्घाखाँचीमा लडेर एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १२ मा डिभर्नामा लडेर एक जनाको ज्यान गएको हो । सन्धिखर्क १२ का ७० वर्षीय टेकबहादुर सार्कीको बाटोमा लडेर ज्यान गएको प्रहरीले जानकरी दिएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लडेर गम्भीर घाइते भएका सार्कीको उपचारको लागि बाटोमा लैजाँदै गर्दा ज्यान गएको हो ।

उपचारको लागि बुटबल लाने क्रममा बाटोमै मृत्यु भएको हो । मध्यरातमा लडेका सार्कीलाई अर्को्दिन दिउँसोमात्र स्थानीयले भेट्टाएर उपचारका लागि अस्पताल लगेका थिए । सन्धिखर्कमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि बुटबल रिफर गरिएको थियो ।

२०७५ साउन ३१ गते १५:४९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर