सन्त नेता वाजपेयीको अन्त्येष्टि अपरान्ह् ४ बजे

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते ९:२४

नयाँ दिल्ली । तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् ।

अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका यस्ता नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उनको निधनको घोषणा गरेपछि भारतीय राजनीतिमा उनको योगदान र व्यक्तित्वको चर्चा शुरु भएको छ ।

उनी भारतमा तीन पटक प्रधानमन्त्री बन्नु भएको थियो । उनको निधनप्रति दुख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द मोदीले उनको निधनले भारतवर्षमै ठूलो र अपुरणीय क्षति पुगेको छ भनेका छन् । उनले वाजपेजी भारतका एक सम्मानित व्यक्ति भएको पनि बताएका छन् ।

करिब ३६ घण्टादेखि उनको स्वास्थ्यमा गम्भीर सङ्कट उत्पन्न भएको समाचारहरु आएका थिए । त्यसो त उहाँ लामो समयदेखि नै सो अस्पतालमा रहेका थिए । वाजपेयी भारतीय जनता पार्टी (बिजेपी) का संस्थापक नेता थिए । हाल भारतको राज्य सत्ता सोही पार्टीले चलाएको छ र सोही पार्टीका नेता नरेन्द्र मोदी यहाँको प्रधानमन्त्री छन् । प्रधानमन्त्री मोदीले उनलाई आफ्नो राजनीतिक जीवनको प्रेरणाको स्रोतका रुपमा लिन्छन् ।

मधुमेहका बिरामी वाजपेयीका ९३ बर्षीय नेता गत जुन ११ देखि एम्स अस्पतालमा उपचाररत थिए । उनलाई मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो । सो अस्पतालले बिहीबार उनको स्वास्थ्य अवस्था सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा उनको अवस्था ‘चिन्ताजनक’ भनेको थियो । त्यसको केही घन्टापछि उनको निधनको घोषणा भएको हो ।

बिहीबार साँझ वाजपेजीलाई दिल्लीको उनको निवासमा नै राखिएको थियो । उनको राजकीय सम्मानका साथ शुक्रबार अपरान्ह ४ बजे अन्त्येष्टि गरिने विजेपीका प्रमुख अमित शाहले बताएका छन् । वाजपेयीको श्रद्धाञ्जलिका लागि शुक्रबार बिहानबाट मध्याह्न १ः३० बजेसम्म उनको पार्थिव शरीरलाई दीन दयाल उपाध्याय मार्गमा रहेको विजेपीको मुख्य कार्यालयमा राखिएको छ । यसपछि उनको शवयात्रा निकालिने छ । यस यात्रामा लाखौँको सङ्ख्यामा जनसहभागीता रहने अनुमान गरिएको छ ।

वाजपेयीको अन्तिम यात्रामा हुनसक्ने ठूलो जनसहभातालाई मध्यनजर गरेर शुक्रबार भारतीय राजधानी नयाँ दिल्लीकै सुरक्षा व्यवस्थामा पनि कडाई गरिएको छ । अपराह्न ४ बजेपछि राजघाटनजिकै राष्ट्रिय स्मृतिमा उहाँको अन्तिम संस्कार गरिने जानकारी दिइएको छ । रासस/एएफपी

२०७५ भदौ १ गते ९:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर