९ महिनाका जुम्ल्याहा बच्चालाई ट्वाईलेटमा गाडेर हत्या गरेकी क्रुर आमा पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते ११:०२

ताप्लेजुङ । आफ्ना दुई जुम्ल्याहा आफ्ना दुई जुम्ल्याहा बच्चाहरुलाई ट्वाईलेटको खाल्डोमा गाडेर हत्या गरेकी क्रुर आमा इटहरीबाट पक्राउ परेकी छिन् । ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की कमला दुई छोरी काखी च्यापेर उनी घरबाट निस्किएकी कमलाले काखे नानीहरुलाई शौचालयको खाल्डोमा डुबाएर हत्या गरेकी थिइन् ।

कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको थियो भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको थियो । छोरीको हत्यापछि फरार रहेकी कमलालाई प्रहरीले इटहरीबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएपनि पछिल्लो समय उनी निकै तनावमा समेत देखिने गरेको उनकी आमाले प्रहरीलाई बताएकी छिन् । आमाले माइतीघरको शौचालयमा आफ्ना दुई सन्तानलाई डुबाएर निर्मम हत्या गरेकी छन्।

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारीकी २० वर्षीया कमला विकले ९ महिनाका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर फरार भएपछी प्रहरीले उनी फरार भएको केही घण्टामा नै पक्राउ गरेको हो । माइतीमा बस्दै आएकी कमलाको विवाह इलामका एकजना गाडी चालकसँग भएको बताइन्छ ।

२०७५ भदौ १ गते ११:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर