युवतीको अनुहार केही समयमै यस्तो भयानक भयो, कारण यस्तो छ

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १२:२०

एजेन्सी। अमेरिकाको ओहियोमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ। २१ वर्षीया क्याटी स्टबलफिल्ड नामकी एक युवतीले करिव तीन वर्ष पहिला आत्महत्याको प्रयास गरेकी थिइन् । तर, क्याटीको भाग्य बलियो थियो र उनी बाँच्न सफल भइन्। तर आत्महत्याको असफल प्रयासले उनको अनुहार नराम्रोसँग बिग्रियो।

उनको अनुहार भयानक देखिन थाल्यो। सीएनएनका अनुसार १८ वर्षको उमेरमा उनले आफूलाई गोली प्रहार गरेकी थिइन्। आत्महत्याको प्रयास स्वरुप उनले आफूलाई गोली हान्दा उनको मुख र आँखामा गहिरो चोट लागेको छ। क्याटीको आँखा आफ्नो ठाउँबाट बाहिर निस्किएको थियो। त्यही कारण उनको आँखाको ज्योतिमा पनि गहिरो असर परेको थियो।

क्याटी सानै उमेरमा भावनात्मक रुपमा निकै विचलित हुन थालेकी थिइन्। त्यसपछि उनले आत्महत्या गर्ने सोच बनाइन्। आत्महत्याको प्रयासमा उनी त बाँचिन तर अवस्था निकै नाजुक थियो।

उनलाई तत्काल अस्पताल लगियो। डाक्टरको टिमले ३१ घण्टासम्मको कडा मेहनतपछि उनको अनुहारमा सफलतापूर्वक ट्रान्सप्लान्ट सर्जरी गरियो। उनको अनुहारमा १७ सर्जरी गरिएको छ। उनको अनुहारको सबै भागमा सर्जरी गरिएको छ।
उनको यो सर्जरी गराउन पनि सजिलो थिएन। त्यसकालागि कोही डोनर भेटिएको थिएन। त्यही कारण उनले एकवर्षसम्म पर्खनु पर्यो। २०१७ मे महिनामा उनको सर्जरी गरिएको थियो।

२०७५ भदौ १ गते १२:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर