विप्लवका प्रवक्ता प्रकाण्ड रिहा, सर्वोच्चको यस्तो आदेश

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १२:४३

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड रिहा हुने भएका छन्।

जबरजस्ती चन्दा असुलेको अभियोगमा प्रकाण्ड गएको साता पक्राउ थिए । प्रहरीले सात करोड भन्दा धेरै चन्दा असुली गरेको अभियोग उनी माथि लगाएको छ। तर उनका छोरा नरेन्द्र विकले सर्वोच्चमा विना कारण आफ्ना बुबालाई थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेपछि सर्वोच्चले ४८ घण्टा भित्र उपस्थित हुन गराउन र सरकार सँग लिखित जवाफ माग गरेको थियो । आज भएको बहसमा आरोप पुष्टि हुने आधार पर्याप्त हुन नसकेपछि उनी रिहा हुन लागेका हुन ।

अनुसन्धानका लागि लिइएको पाँच दिनको म्याद सकिएपछि विश्वकर्मालाई काठमाडौँ जिल्ला अदालतले थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले भने विश्वकर्मा माथि अनुसन्धान अघि बढाउन थप १५ दिनको समय मागेको थियो । तर अदालतले तीन दिनको मात्रै समय दिएको हो ।

दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट दुई कार्यकर्तासहित पक्राउ परेका प्रकाण्ड गएको बुधबारदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा थिए।

बा१४प २७२९ नम्बरको गाडीमा हेटौँडाबाट आइरहेका बेला मंगलबार साँझ प्रकाण्ड सहित उनका दुई सहयोगीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले उनलाई पक्राउ गर्नुअघि गरेको अनुसन्धानका क्रममा ठुला व्यापारीदेखि सर्वसाधरण बाट समेत करिब ७ करोड रुपैयाँ चन्दा असुलेको खुलेको थियो । त्यही आधारमा उनलाई पक्राउ गरी हिरासतमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

२०७५ भदौ १ गते १२:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर