आफ्नो समाचार लेखे त्यसलाई ‘फेक न्यूज’ भन्ने ट्रम्प विरुद्ध आयो ३ सय ५० सम्पादकीय

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १३:०१

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडियाप्रति गर्दै आएको प्रहारको विरोध गर्दै अमेरिकाका ३ सय ५० बढी सञ्चार माध्यमले सम्पादकीय लेखेका छन्।

द न्यूयोर्क टाइम्स लगायतका ३ सय ५० सञ्चार माध्यमले राष्ट्रपति ट्रम्पले पटक पटक प्रेसप्रति दिँदै आएको अभिव्यक्तिको विरोधमा सम्पादकीय लेखेका हुन्।

राष्ट्रपति ट्रम्पले पटक पटक अमेरिकी प्रेसलाई जनताको दुस्मन र झुटको खेती गर्दै आएको आरोप लगाउने गरेका थिए। राष्ट्रपति ट्रम्पको फेक न्यूज भन्ने शब्द निकै प्रचलित छ।

ट्रम्पको यस्तो अभिव्यक्तिको विरोधमा यो महिनाको शूरुमा बोस्टन ग्लोबले प्रतिवाद गर्दै सम्पादकीय लेख्ने प्रस्ताव गरेको थियो । यसमा बिहीवार अमेरिकाका करिव ३ सय ५० संचारमाध्यम सहभागि भएका हुन्।

न्यूयोर्क टाइम्सले संचारमाध्यमलाई आलोचना गर्ने अधिकार ट्रम्पलाइ रहेपनि आफुलाई चित्त नवुझेको समाचारलाई फेक न्यूज अथवा (गलत) भन्नु खतरा भएको उल्लेख गरेको छ।

द शिकागो सन टाइम्सले अधिकांश अमेरिकी जनताले ट्रम्पले वकवासपूर्ण अभिव्यक्ति दिईरहेका छन् भन्ने बुझेका छन् भन्ने लेखेको छ। स्वतन्त्र प्रेस माथि ट्रम्पको हस्तक्षेप स्वीकार्य नहुने भन्दै सम्पादकीय लेखिएको हो।

२०७५ भदौ १ गते १३:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर