फेवातालको ड्यामबाट युवती बेपत्ता प्रत्यक्षदर्शी भन्छन्, आँखै अगाडी डुबेको देख्यौँ (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १३:१६

पोखरा । पोखराको फेवातालको ड्यामवाट हाम फालेर एक युवती वेपत्ता भएकी छन्। दिउँसो करिव पौने २ वजेतिर कलेज ड्रेस लगाएकी एक छात्रा हाम फालेको ड्यामसाईडमा माछा मार्दे गरेका प्रत्यक्षदर्शीले बताएका छन्।

घटना स्थलवाट प्रहरीले विद्यार्थी परिचयपत्र, माला, घडी र २० रुपैयाँ समेत फेला पारेको छ। परिचय पत्र सँगै भेटिएका अन्य समानहरुको आधारमा पोखराको रत्तनचोक स्थित सवलाइम सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत दिपा कुवँरले त्यहाँबाट हाम फालेको हुन सक्ने आशंका गरिएको छ।

एक युवती हामफालेको भन्ने सूचना पाउँनासाथ घटना स्थलमा पुगेको कास्की प्रहरीले उद्धारको कार्यलाई अगाडी बढाईरहको छ यद्यपी योस समाचार तयार पार्दा सम्म हाम्फाल्नेको कुनै पत्तो लागेको छैन।

बिहानको कलेजबाट घर जानपर्ने छोरी घर नगएकी र उनको घडी, माला, परिचयपत्र घटनास्थलमा फेला पर्नुले परिवार चिन्तित छ। पारिवारीक रुपमा कुनै पनि समस्या नभएको परिवार स्रोतले जनायो।

२०७५ भदौ १ गते १३:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर