गोसाईंकुण्डमा जय किशन र एलिनाको रोमान्स

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १३:४६

काठमाडौं। जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र धूम-३ को दोस्रो गीत सार्वजनिक भएको छ। ओम सुनारको संगीत तथा भानुभक्त ढकालको शब्द तथा संगीतकार सुनार र कबिता श्रेष्ठको आवाजमा रहेको न्यानो लाग्छ प्यारो लाग्छ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

नायक जय किशन बस्नेतकै लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्र धूम-३ को उक्त भिडियोमा नायक बस्नेतको साथमा नायिका एलिना रायमाझीको अनस्क्रिन रोमान्स देख्न सकिन्छ भने कोरियोग्राफी समेत बस्नेत आफैंले गरेका छन्। उक्त भिडियो नेपालको धार्मिक एवम पर्यटकीय स्थल गोसाईंकुण्डमा खिचिएको छ।

आफूले हालसम्म निर्माण गरेका चलचित्र मध्ये धूम-३ प्रति अझ बढी दर्शकहरुको साथ रहनेमा आशावादी रहेका जय किशन बस्नेतले नै लेखन, निर्माण तथा निर्देशनको जिम्मेवारी सम्हालेको यस चलचित्रको आज सार्वजनिक भएको गीतको भिडियोको कोरियोग्राफी समेत आफैंले गरेका छन्। यस गीतको शब्द भानुभक्त ढकालले लेखेका हुन् भने संगीत तथा स्वर ओम सुनारको रहेको छ। सुनारलाई कबिता श्रेष्ठले स्वरमा साथ दिएकी छिन्।

यही अशोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र धूम-३ को न्यानो लाग्छ गीतको भिडियोमा नायक जय किशन बस्नेत र एलिना रायमाझी फिचरिङ्ग छन्। केही हप्ता पहिलेमा मात्र पहिलो गीत तिम्रो हेराईले सार्वजनिक गरिएको थियो भने उक्त गीतको भिडियोले पनि प्रशस्त दर्शक पाई रहेको छ। चलचित्रका छायाँकार जीवन श्रेष्ठ हुन् भने अन्य कलाकारहरुको बारेमा ट्रेलर रिलिजको समयमा मात्र जानकारी गराईंने निर्देशक बस्नेतले बताएका छन्।

२०७५ भदौ १ गते १३:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर