शपिङ मलमा महिलाले लाइन मिचेपछि सुरु भयो ‘रेस्लिङ’, हेर्नुहोस लडाइँको भाइरल भिडियो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १३:५४

एजेन्सी। दक्षिण कोरियाको राजधानी सियोलमा रहेको ड्युटी फ्रि शपिङ सेन्टरमा लाइन मिचेको विषयमा दुई महिला ग्राहकबीच घमासान लडाइ परेको छ।

यी दुवै महिला चिनिया रहेको बताइएको छ । यीमध्येकी एउटीले लाइन मिचेर अगाडि जान खोजेपछि यी दुईबीच ‘रेस्लिङ’ सुरु भएको सियोलको लोटे ड्युटी फ्रि स्टोरका एक कर्मचारीको हवाला दिँदै डेलीमेलले लेखेको छ।

यी दुई महिलाको भीडन्त भइरहेका बेला एक महिलाका पति पनि बीचमा आउँछन् र अर्की महिलाको टाउकोमा लत्तीले हान्छन् । स्टोरको १२ औं तलामा रहेको कस्मेटिक स्टोरमा लडाइ भएको बताइएको छ । एक महिलाका पति बीचमा आएपछि अन्यले उनलाई त्यहाँबाट हटाउँछन् । त्यहाँ भएका अन्यले नलड्न उनीहरुलाई भनिरहेको फुटेजमा सुन्न सकिन्छ ।
हेर्नुहोस् भिडियो –

२०७५ भदौ १ गते १३:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर