अस्पतालको चरम लापरवाही : १२ दिनपछि सुत्केरीको पाठेघरभित्र कुहिएको प्याड र कपडा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १४:०३

काठमाडौँ । बुटवलको आम्दा अस्पतालको चरम लापरवाही गरेको छ। सुत्केरी भएको १२ दिनपछि एक महिलाको पाठेघरभित्र प्याड फेला परेको छ। अर्घाखाँचीको श्रीगंगा २ स्थायी घर भएकी ममता गुरुङ्को पाठेघरभित्र कुहिएको प्याड तथा कपडा फेला परेको हो।

प्रसुती गराएकै दिनदेखि पेट दुख्ने र दुर्घनध फैलिन थालेपछि सुत्केरीका आफन्तले स्थानीय नर्स सँग चेकजाँच गराएपछि उक्त कुहिएको प्याड निकालेका थिए। साउन १७ गते सामान्य रुपमा सुत्केरी भएकी गुरुङ निरन्तर बिरामी परेकी थिईन्।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरवाहीका कारण प्रसूती गराउँदा पाठेघरमा प्याड र कपडा नै छाडेपछि ति महिलको ज्यान नै उच्च जोखिममा परकेो थियो।

२०७५ भदौ १ गते १४:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर