को हुन् एसियाडमा नेपाली झन्डा बोक्ने कमलबहादुर ?

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते ३:५२

काठमाडौँ। एसियाली खेलकुद एसियाडको १८ औं संस्करणको उद्घाटन आज सेन्ट्रल जाकर्ताको गेलोरा बुङ कार्नो रंगाशालमा हुँदैछ। नेपाली समय अनुसार ६ः१५ बजे उद्घाटन कार्यक्रम सुरु हुनेछ।

एसियाडमा ४५ देशका ११ हजार ५ खेलाडी सहभागी हुनेछन्। ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ। नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल ९थ्री अन थ्री०, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउदै छ।

एसियाडमा नेपालले हालसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको छ। नेपालले तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङबाट ६ कास्य तथा करातेबाट ३ कांस्य जितेको छ।

एसियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २ सय ८५ जना सहभागी हुँदैछन्। जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन्।

यस एसियाडमा नेपालको झण्डा १० औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनका एक मात्र स्वर्ण विजेता कमलबाहदुर अधिकारीले बोक्नेछन्।

एसियाडमा सहभागी नेपाली खेलाडी मध्ये उनी सिनियर खेलाडी हुन्। भरोत्तोलनको ७७ केजी समूहमा उनी प्रतिस्पर्धा गर्दैछन्।

एसियाडमा नेपालको चन्द्र सुर्य युक्त झण्डा बोक्ने खबरले हौसिएका कमलले इन्डोनेसिया प्रस्थान गर्नुअघि डिसिनेपालसँग कुरा गर्दै भनेका थिए, ‘एसियाली खेलकुदको कुम्भमेलामा नेपालको झन्डा बोक्ने सौभाग्य दिनुभएकोमा सम्बन्धित निकायप्रति आभारी छु। देशको झण्डा बोक्दै हिड्नुको पल अहिले सम्झदा पनि गर्वको महसुस हुन्छ।’

सन् २००६ मा श्रीलंकामा आयोजना भएको दसौं दक्षिण एसियाली खेलकुद ९साग० मा उनले स्वर्णपदक हासिल जितेका थिए। सागको इतिहासमा त्यो नेपालका लागि पहिलो स्वर्ण थियो।

उनी चौथोपटक एसियाडमा सहभागिता जनाउँदैछन्। सन् २००६ को दोहा एसियाड, २०१० को चीनको ग्वान्झाउ र २०१४ को दक्षिण कोरियाको इन्चोन एसियाडमा सहभागिता जनाइसकेका छन्।

चितवन घर भएका उनी त्रिभुवन आर्मी क्लबमा खेलाडी हुन्। २०५९ सालमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा ६२ केजी तौल समूहमा उनले पहिलोपटक स्वर्ण जितेका थिए। त्यसयता भरोत्तोलनको उनको विधामा उनाई उछिन्ने अर्को खेलाडी नेपालमा जन्मिएको छैन्।

१९ वर्ष निरन्तर भरोत्तोलनमा लागेका उनी सन् २००८ को बेइजिङ ओलम्पिकमा पनि सहभागी भएका थिए।

२०७५ भदौ २ गते ३:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर