बलात्कारीलाई फाँसीको माग गर्दै महिला अधिकारकर्मीद्वारा माइतीघरमा अर्धनग्न जुलुश प्रदर्शन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते ९:४३

काठमाडौँ। बलात्कारीलाई फाँसीको माग गर्दै महिला अधिकारकर्मीले राजधानीको माईतीघर मण्डलामा जुलुश प्रदर्शन गरेका छन्। उनीहरुले बलात्कारीलाई ‘फाँसी दे’ भन्दै अर्धनग्न जुलुश प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा केही अधिकारकर्मीसहित महिला आन्दोलनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ।

उनीहरुलाई महानगरीय प्रहरी वृत सिहदरबार लगिएको जनाइएको छ। यस्तै महिला आन्दोलनकारीलाई पुरुष प्रहरीले हातपात गरेको भन्दै प्रदर्शनकारीहरु भने आक्रोशित भएका छन्।

तस्विरः सावित्री सुवेदीको फेसबुकबाट

२०७५ भदौ २ गते ९:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर