फेरी ट्याङ्कर आतंक ! मोटरसाईकललाई ठक्कर दिँदा चालकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते १४:०८

पर्सा । वीरगञ्जको इनर्वामा आज अपराह्न भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिकाको वडा नं १६ इनर्वामा रहेको मितेरी पुलमा ट्याङ्करले ठक्कर दिँदा बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर निवासी २० वर्षीय विनयराज गुप्ताको मृत्यु भएको हो।

रक्सौलमा रहेको भारतीय आयल कर्पोरेसनबाट इन्धन लिइ वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख ५५५१ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको लु२४प ६८८६ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेका गुप्ताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

मृतक गुप्ताको शव परीक्षणका लागि वीरगञ्जको नारयाणी उपक्षेत्रीय अस्पताल राखिएको छ। ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

२०७५ भदौ २ गते १४:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर