सुरु भयो विश्वको पहिलो समुद्री गाई फार्म, रोबर्टबाट सेवा

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते १४:११

एजेन्सी । नेदरल्यान्डको रोटरडममा यसै वर्ष विश्वको पहिलो समुद्री डेरी फार्म सुरु हुने भएको छ । सहरमा दूधको आपूर्ति पूरा गर्ने उद्देश्यले डच प्रोपर्टी कम्पनी बेलाडोनले यो प्रोजेक्टलाई तयार गरिरहेको छ।

यो फार्ममा राम्रो जातका ४० गाई राखिने र रोबोटले दूध निकाल्ने बताइएको छ । यो फार्म सहरको नजिकै हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यो प्रोजेक्टले उपभोक्तालाई दुग्ध वस्तु पुर्याउन सजिलो हुने, ट्रान्सपोर्टेशन खर्च घट्ने र पर्यावरणलाई केही नोक्सान पनि कम हुने बताइएको छ।

फार्ममा रिसाइकिलिंग प्रणालीमा जोड दिइने र बिजुली पनि सोही स्थानमा उत्पादन गरिने कम्पनीका जनरल म्यानेजर अल्बर्ट बेरसनले बताए।

२०७५ भदौ २ गते १४:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर