आफुसँग बिहे गर्न नमानेको भन्दै प्रेमीले गरे डेटिङमै प्रेमिकाको हत्या

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते १४:५६

बिराटनगर । विराटनगरका एक युवकले बिहे गर्न नमानेको भन्दै प्रेमिकाको धारिलो हतियारले हानेर हत्या गरेका छन् । महानगर १३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार हत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’ प्रहरी उपरीक्षक केसीका अनुसार दुबैबीच प्रेमसम्बन्ध रहेको तर युवतीले बिवाह गर्न नमानेपछि हत्या गरेको युवकले बयान दिएका छन् ।

२०७५ भदौ २ गते १४:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर