‘बिरामीमाथि खेलबाड गर्ने डाक्टर कानूनको भागीदार’

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते ०:०५

काठमाडौं । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले इजाजत प्राप्त चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए कानूनको भागीदार हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री ढकालले बिरामीको उपचार गर्दा असल मनसाय नराख्ने, अनावश्यक दुःख दिने र लोभलालचमा फसेर बिमारीलाई पटकपटक झमेलामा पार्ने चिकित्सकमात्र कानूनको कठघरमा पुग्ने बताए ।

मन्त्री ढकालले चिकित्सकलाई आश्वस्त पार्दै भने, ‘असल नियत राखेर उपचार गर्दागर्दै बिरामीको मृत्यु भए चिकित्सकले कानूनी झमेला व्यहोर्नु पर्दैन ।’

२०७५ भदौ ३ गते ०:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर