आयल निगमको मासिक घाटा ५० करोड

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते १:५३

काठमाडौं । नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ ।

गत ३० असारमा आईओसीले पठाएको मूल्य सूचीमा पनि निगमको घाटा २५ करोड रुपियाँ नै थियो । नयाँ मूल्यसूची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य सावितकै मूल्य राखेकाले निगमको घाटा बढेर गएको हो ।

अर्कातर्फ भने अमेरिकी डलर बलियो हुँदै जानुले पनि निगमको घाटामा वृद्धि गर्नको लागि मद्दत पुगेको छ । आजको नेपाल समाचारपत्रमा समाचार प्रकाशित छ ।

२०७५ भदौ ३ गते १:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर