भैंसीको अपहरण गरेर मागियो १ लाख २८ हजार फिरौती

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते ५:०८

काठमाडौं । मानिस अपहरण गरेर फिरौतीमा ठूलो रकम मागेका घटनाहरु धेरै भएका छन् । हालै राजधानीबाटै एक बालकको अपहरण गरी फिरौती मागेको र अपहरित बालकको हत्या भएको घटनाले हाम्रो समाजमा चर्चा पाइरहेको छ । यही बीचमा भैंसी अपहरण गरेर फिररौती मागेको रोचक घटना सार्वजनिक भएको छ । घटना भारतको उज्जैनमा भएको हो ।

यहाँको आक्याकोली गाउँबाट १३ अगष्टका दिन एक भैंसी हराएको थियो । भोलिपल्ट त्यो भैंसी लैजाने व्यक्तिले भैंसीका मालिकसँग ८० हजार भारु (एक लाख २८ हजार नेपाली रुपैयाँ) फिरौती मागेका छन् । भैंसी चोरले १४ अगष्टका दिन भैंसीका मालिक सेवारामलाई ह्वाट्सएपमा म्यासेज गरेर भने ‘तिम्रो भैंसी मसँग छ । भैंसी फिर्ता चाहिए ८० हजार रुपैयाँ लिएर किटियामा आउ । यहाँ तिम्रो भैंसी पाउनेछौ ।’

चोरले सेवारामलाई ह्वाट्सएपमा म्यासेजसँगै भैंसीको फोटोसमेत पठाएका थिए । सेवारामले भैंसी चोरविरुद्ध प्रहरीमा उजुरी गरेको बताएका छन् । भैंसी चोरी गर्ने व्यक्तिको ह्वाट्सएपको प्रोफाइल फोटो पनि प्रहरीलाई दिए तर कुनै कारवाही भएन ।

आरोपीले हिजो शनिबार पनि ह्वाट्सएपमा फोन गरेर फिरौती नदिए भैंसी अरुलाई नै बेचिदिने बताएका छन् । भैंसी मुर्रा जातको हो । स्थानीय बजारमा यो भैंसीको मूल्य ८० हजारसम्म पर्छ ।

२०७५ भदौ ३ गते ५:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर