माछा मार्ने क्रममा देवीप्रसाद बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते ७:४६

पाँचथर ।  खोलामा माछा मार्न गएका एक व्यक्ति २ दिनदेखि वेवत्ता भएका छन् । वेवत्ता हुनेमा कुम्मायक गाउँपालिका ४ का देवीप्रसाद लिम्बु रहेको पाँचथर प्रहरीले जनाएको छ ।

लिम्बु माछा मार्ने क्रममा पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाकाे  बिचमा रहेको हेवा र फेमे खोलाको दोभान वाट दुई दिन देखी बेपत्ता भएको परिवार स्रोतले जनाएको छ । उनको खोजिएका लागि परिवारजन र सुरक्षा निकायले शुक्रवार दिनभर सम्भावित क्षेत्रमा प्रयत्न गरे पनि फेला पार्न सकेनन् ।

खोजी कार्यमा नेपाल प्रहरी र शशत्र प्रहरी परिचालित गरी खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । माछा मार्ने क्रममा त्यहाँ पुगेका लिम्बु सँग गरेका दुई जनाले आफन्तलाई उनी हराएको जानकारी दिएपछि खोजी गरिएको प्रहरीले जनाएको छ ।

२०७५ भदौ ३ गते ७:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर