रक्सी पिउन नदिएको रिसमा पतिले काटिदिएर श्रीमतिको जिब्रो

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते ११:३६

श्रीमतीले रक्सी पिउन नदिएको रिसमा एक पतिले पत्नीको जिब्रो काटिदिएर फरार भएको आश्चर्यजनक घटना सार्वजनिक भएको छ । उत्तर प्रदेशको कानपुरमा ती पतिले पत्नीको जिब्रो काटिदिएका हुन् । उनले रक्सी पिउँदा उनकी पत्नीले रोटोक गर्थिन् । यही कुरालाई लिएर ती पति दिक्क भएका थिए ।

महिलालाई अस्पताल भर्ना गरिएको छ । प्रहरीले ती अभियुक्तविरुद्ध मुद्दा दर्ता गरेको छ । उनी भने फरार छन् । घटना कानपुरको कर्नलगंजको हो । आरोपीको नाम शकील अहमद हो र उनी ४० वर्षका छन् । शकील मजदुरी गरेर परिवारका ६ जनाको परिवार चलाउँथे । उनीहरुका ४ सन्तान छन् । प्रहरीका अनुसार शकीललाई ड्रग्स र रक्सीको लत लागेको थियो जसको उनकी पत्नीले लगातार विरोध गर्थिन् । यही कारण रिसमा उनले जिब्रो काटिदिएको बताइएको छ ।

शुक्रबार राती यी दुईबीच रक्सी पिएको विषयमा विवाद भएको थियो । त्यसपछि रिसमा शकीलले पत्नीको जिब्रो काटिदिए । कैंचीले पत्नीको जिब्रो काटिदिएपछि उनी फरार भए । प्रहरीले महिलाकी छोरीको बयानका आधारमा मुद्दा दर्ता गराएको र फरार अभियुक्तको खोजी गरिरहेको जनाएको छ ।

२०७५ भदौ ३ गते ११:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर