मोवाइलमा गेम खेलिरहेकी १४ वर्षीया छोरीलाई आमाले गाली गर्दा पर्‍यो भारी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते १३:०७

१४ वर्षकी छोरी मोवाइलमा गेम खेलिरहेको देखेपछि उनलाई गाली गरेकी आमाले सपनामा पनि सोचेत्री थिइनन् होला कि उनकी छोरीले यतिसम्म खतरनाक कदम उठाउँछिन् । ९ कक्षामा पढ्ने ती छात्रा मोवाइलमा गेम खेलेको देखेपछि आमाले गाली गरिन् । त्यही रिसमा छोरीले तत्कालै झुण्डिएर आत्महत्या गरिन् ।

भारतको भोपाल शहरकी ती बालिकाले मोवाइलमा धेरै नै गेम खेल्ने गरेको उनका पिता सइदले बताएका छन् । ती बालिकाले पनिले पनि मोवाइलमा गेम खेल्दा आमाले गाली गरेमा झुण्डिएर मरिदिन्छु भन्ने गर्थिन्।

उनले आमालाई डराउन दिनको लागि यसो गर्दा संयोगले उनको ज्यानै गएको हुन सक्ने पिता सइदले बताएका छन् । सइदले सानी छोरीलाई हदभन्दा बढी मोवाइल चलाउन दिनु आफ्नो गल्ती भएको भन्दै सबै मातापितालाई छोराछोरीको सानो सानो कुरा ख्याल गर्न अपिल गरेका छन्।

२०७५ भदौ ३ गते १३:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर