११३ अपराधमा वान्टेड ६२ वर्षकी महिला डन पक्राउ, ७ छोरा सबै अपराधी

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते १३:१४

एजेन्सी। ११३ अपराधमा वान्टेड ६२ वर्षकी महिला डन पक्राउ परेकी छिन् । ६२ वर्षकी डन बसिरन ‘मम्मी’ भनेर चिनिन्थिन्।

उनलाई शनिबार दिल्ली प्रहरीले दिल्लीकै संगम विहार पक्राउ गरेको हो । बसीरनका ८ छोरा छन्। तीमध्ये एक कान्छा नाबालिग छोरा बाहेक सबै उनीसँगै हत्या, लुट र डकैतीका अपराधमा संलग्न छन्।

बसीरन ४५ वर्ष पहिले राजस्थानबाट दक्षिण दिल्ली आएर बस्न थालेकी थिइन्। सबैभन्दा पहिले उनले यहाँ अवैध मदिराको धन्दा सुरु गरिन्। त्यसपछि उनी ठूला अपराधमा संलग्न हुन थालिन् । पैसा लिएर हत्या गरेको अभियोगमा ८ महिनादेखि प्रहरीले उनलाई खोजिरहेको थियो।

८ छोराहरु भएका कारण यहाँका मानिसहरु उनीविरुद्ध आवाज उठाउन पनि डराउँछन्। उनको परिवार बढ्दै जाँदा उनीहरुको अपराधको सिलसिला पनि बढ्दै गएको थियो । बसीरनले आफ्ना छोराहरुलाई पनि अपराधमा संलग्न हुन प्रेरित गरेकी थिइन् । हत्याको केसमा पक्राउ पर्नबाट बच्न उनी अहमदाबाद, इलाहाबाद, मैनपुरी, फिरोजाबाद लगायतका शहरहरुमा लुकेर बस्थिन्।

२०७५ भदौ ३ गते १३:१४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर