धुम्रपान जत्तिकै हानिकारक चिनी !

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ३ गते १४:४०

चिनी हामीले धेरै प्रयोग गर्ने चिज हो । चिनीलाई हामी गुलियोपनको लागी प्रयोग गर्ने गर्छौं । चिया , मिठाइ जस्ता चिजलाई गुलियो बनाउनको लागी चिनीको प्रयोग बडी हुने गर्छ । तर चिनी बडी प्रयोग गर्नु स्वास्थ्यको लागी हानिकारक छ भन्ने कुरा कमै मानिसलाई थाहा हुने गर्छ । चिनीको प्रयोगले विभिन्न प्रकारका रोगहरु निम्तिने गर्छन् । एउटा अध्ययनले चिनी हाम्रो स्वास्थ्यको लागी धुम्रपान जत्तिकै हानिकारक हुने देखाएको छ ।

चिनीले हामीलाई पुर्याउने असरहरु यस प्रकार छन् :

१) मुटु रोग हुने सम्भावना : चिनीले हाम्रो रक्त नालिहरुलाई असर पुर्याउँछ । चिनीमा हुने गुलियोले हाम्रो शरीरमा खराब कोलेस्ट्रोलको मात्रा बढाउँछ । यसले गर्दा मानिसलाई हृदयघात हुने सम्भावना बडी हुन्छ । यसले शरीरमा ग्लुकोजको मात्रा बढाउने भएकाले शरीरमा अनावश्यक मोटोपना देखापर्छ । यसले गर्दा विभिन्न मुटु सम्बन्धि रोगहरु देखा पर्छन् ।

२) दिमागलाई कुलततिर लैजान्छ : गुलियो परिकार धेरै खाने व्यक्तिमा चिनी मोहको लत लाग्छ । चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन् ।

३) भोक बढ्छ : भोक लागेको समयमा गुलियो चिज खाने गर्नाले भोक मेटीदैन । यसले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ । जसले गर्दा मानिसलाई झन् भोक लाग्ने गर्छ । भोक छिट्टै लाग्ने कारण खान बडी खाने गरिन्छ । जसले गर्दा शरीरमा मोटोपन बढ्छ ।

४) कलेजोलाई असर : चिनीमा पाइने फ्रुकटोजको बडी मात्राले शरीरलाई नकारात्मक असर गर्छ । यसले हाम्रो शरीरको कलेजोलाई असर गर्छ । फ्रक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ । यसले बिस्तारै मुटुलाई असर गर्छ ।

५) क्यान्सरको सम्भावना : अधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस्, शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्छ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।

६) इन्सुलिनको मात्रा बढ्छ : एन्टी इन्सुलिन मेटाबोलिक सिन्ड्रोमको लक्षण र संकेत हो । मेटाबोलिक सिन्ड्रोम अन्र्तगत उच्च रक्तचाप, कोलस्ट्रोलको वृद्धिलगायत पर्छन् । तसर्थ बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरु जोखिममा पर्छन् ।

७) मोटोपन बढाउँछ : चिनीमा ठूलो मात्रामा सोस्न सक्ने विशेषता भएकाले यस प्रक्रियाबाट भोक जगाउने हर्मोन घ्रिलिन बढाइदिन्छ र गुलियो खाने व्यक्तिलाई भोक लागिरहन्छ । धेरै भोक लाग्दा मानिसले कार्बोहाइड्रेडयुक्त खाना खान्छ अनि मोटोपनको सिकार हुन्छ ।

८) चिनीले तपाईंलाई बूढो देखाउँछ : चिनीको बडी सेवनले छालाको चमक हराउने गर्छ । यसले गर्दा मानिसहरुको छाला छिट्टै चौरी पर्छ । जसले गर्दा उनीहरु छिट्टै बुढो देखिन्छन् ।

९) मधुमेहको जोखिम : गुलियोले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ । त्यसैले चिनीको बडी प्रयोगले गर्दा मधुमेह हुने सम्भावना बडी हुन्छ ।

२०७५ भदौ ३ गते १४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर